Logo
Logo

प्रभु सेलेक्ट फन्डको प्राथमिक निष्कासन हुने


दृष्टि संवाददाता


काठमाडौं । प्रभु सामूहिक लगानी कोषअन्तर्गत प्रभु सेलेक्ट फन्डले फन्डको प्राथमिक निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फन्डले ५ जेठदेखि १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ जारी गर्न लागेको हो ।

योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड तथा योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको जनाइएको छ । यो बन्दमुखी योजनाले इकाइ बिक्रीबाट संकलित रकमको ८० देखि शतप्रतिशतसम्म सेयरमा लगानी गर्ने जनाइएको छ । निष्कासित कुल इकाइमध्ये कोष प्रवद्र्धक प्रभु बैंकले १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाइ र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाइ गरी कुल १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ सुरक्षित गरिएको क्यापिटलले जनाएको छ ।

बाँकी ८ करोड ५० लाख इकाइका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ । फन्डको इकाइमा लगानी गर्न इच्छुक लगानीकर्ताले ५ गतेबाट छिटोमा जेठ ९ गतेभित्र आवेदन दिन सक्ने र उक्त अवधिमा सबै इकाइका लागि आवेदन नपरेको खण्डमा ढिलोमा जेठ १९ गतेसम्म इकाइ बिक्री खुला रहने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्