Logo
Logo

नुवाकोटमा अक्सिजनसहितको आइसोलेसन निर्माण


दृष्टि संवाददाता


नुवाकोट । कोभिड–१९ का सङक्रमितहरु बढ्दै गएपछि स्थानीय तहले पूर्व तयारीलाई ध्यान दिन थालेका छन् । हालसम्म यहाँका तीन स्थानीय तहले आइसोलेशन कक्ष तयार गरेका हुन् ।

विदुर नगरपालिका, तादी र शिवपुरी गाँउपालिकाले आइसोलेशन कक्ष तयार गरेका हुन् । विदुरले बट्टारको खेलकुद कभर्ड हलमा ५० श्ययाको अक्सिजन सहितको आइसोलेशन बनाएको छ । सङ्क्रमितलाई मध्यनजर राख्दै आइसोलसेन तयार गरिएको नगर प्रमुख सन्जु पण्डितले जानकारी दिए ।

तादीका अध्यक्ष नारायणप्रसाद पाण्डेले खरानीटार अस्पतालमा अक्सिजन सहितको २० श्यया तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् । पालिकाले कोरोनाको आशंका लागेमा अस्पतालमा स्वाँव सङ्कलन गरी परीक्षणको लागि पठाउने व्यवस्था समेत गरेको जनाएको छ ।

शिवपुरीले अक्सिजन सहितको २० श्यया आइसोलेशन तयार गरेको छ । गाउँपालिका अध्यक्ष रामकृष्ण थापाका अनुसार कोरोनाको दोस्रो लहर समुदायस्तरमै फैलिदै गएपछि अक्सिजन सहितको श्यया तयार गरेको बताए ।

जिल्लामा पछिल्ला दिनहरुका सङ्क्रमणको दर बढ्दै गएको छ । आज जिल्लामा एकै दिन ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ८७ जनाको स्वाव परीक्षण गरिएका मध्ये ती सङ्ख्यामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्