Logo
Logo

नेशनल लाइफ इन्स्योरेन्सद्धारा ८ अर्ब बढी खुद बीमाशुल्क आर्जन


दृष्टि संवाददाता


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ अर्ब ६९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५३.६८ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ अर्ब ६५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफामा सामान्य वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्ममा ३१ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीको जीवन बीमा कोषमा ४० अर्ब २१ करोड रुपैयाँ, जगेडा कोषमा ८१ करोड १७ लाख रुपैयाँ र महाविपत्ती कोषमा २९ करोड रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.३८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९१.०१ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्