Logo
Logo

सिटिजन लाइफ र क्लिनिक वनबीच सम्झौता


दृष्टि संवाददाता


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लिनिक वन काठमाडांै प्रालिबीच कोभिड–१९ प्रि–एन्ड पोस्ट सर्भिससम्बन्धी साझेदारीको सम्झौता भएको छ । कम्पनीले आप्mना ग्राहक, अभिकर्ता र कर्मचारीहरूका लागि स्वास्थ्यसम्बन्धी आवश्यक सहयोग पु¥याउने उद्देश्यले सिटिजन केयर सुविधाअन्तर्गत क्लिनिक वनसँग सम्झौता गरेको हो ।

कोभिड–१९ को दोस्रो लहरले सर्वसाधारणको जनजीवन र स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेकाले अहिलेको परिस्थितिमा सर्वसाधारण व्यक्तिहरूको डाक्टरसम्म सहज पहुँच नपुगिरहेको कम्पनीले महसुस गरेको जनाएको छ । सम्झौताअनुसार कम्पनीसँग सम्बद्ध व्यक्तिहरूले उक्त क्लिनिकबाट पूर्णकालीन आवश्यक सेवाहरू विशेष छुट शुल्कमा भुक्तानी गरी लिन सक्ने व्यवस्था गरिएको जनाइएको छ ।

कोभिड केयर सेवामार्फत अनलाइन स्वास्थ्य परामर्श, विषेशज्ञ डाक्टरको परामर्श सेवा, घरमा नर्सिङ केयर सेवा, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, घरमै पिसिआर टेस्टजस्ता सुविधा पाइने जनाइएको छ । त्यस्तै, विभिन्न खोपका लागि व्यवस्था, रगत परीक्षण तथा डाक्टरको परामर्श सेवा, आवश्यकताअनुसार औषधिको घरमा डेलिभरी र उपचारमा सहयोगजस्ता सुविधा पाउने कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले चौबिसै घन्टा हटलाइन फोनको व्यवस्था गरेको जनाएको छ ।

कोभिड–१९ संक्रमणको अप्ठ्यारो परिस्थितिमा विभिन्न सेवालाई अनलाइनमार्फत सेवा लिन सकिने व्यवस्था गरिएको जनाइएको छ । त्यस्तै, बिमाशुल्क, इसेवा, फोन पे, कनेक्ट आइपिएस, बैंक डिपोजिटजस्ता विद्युतीय माध्यममार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्