Logo
Logo

भीम अस्पताललाई महालक्ष्मी विकास बैंकको सहयोग


दृष्टि संवाददाता


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवाको भीम अस्पताल र सिद्घार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भैरहवा शाखाले सुरक्षा सामग्री सहयोग गरेको हो ।

शाखाका प्रबन्धक गौतम गुप्ताले भीम अस्पताल आकस्मिक कक्षका इन्चार्ज सविता शर्मालाई सर्जिकल मास्क, स्यानिटाइजर तथा पिउने पानीलगायतका सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ । कोरोना महामारीमा अग्रपंक्तिमा खटिएर स्वास्थ्यसेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त सामग्री उपलब्ध गराएको जनाएको छ । बैंकले देशभर १ सय ३ शाखामार्फत बंैकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्