कोभिड–१९ नियन्त्रणका लागि सिद्धार्थ बैंकको १ करोड सहयोग « Drishti News – Nepalese News Portal
Logo

कोभिड–१९ नियन्त्रणका लागि सिद्धार्थ बैंकको १ करोड सहयोग


दृष्टि संवाददाता


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कोभिड–१९ रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाख रुपैयाँका दरले ७० लाख रुपैयाँ र आफ्ना शाखाहरू रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाख रुपैयाँका दरले ३४ लाख रुपैयाँ सहयोग गरेको हो ।

हालको प्रतिकूल परिस्थितिमा तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्डअनुरूप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसँगको समन्वयमा बैंकले देशभरका विभिन्न शाखाहरूबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

बंैकले ग्राहकहरूको सहजताका लागि घरैमा बसी प्रविधिमैत्री डिजिटल माध्यमबाट पनि बंैकिङ सेवा उपलब्ध गर्दै आइरहेको जनाएको छ । आफ्ना ग्राहकलाई त्यस्ता डिजिटल बैंकिङ सेवाहरूको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहयोग पु¥याइदिन बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्