Logo
Logo

नगरपालिकामा प्रमुख चढ्ने गाडी एम्बुलेन्स


दृष्टि संवाददाता

630
Shares

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को एक स्थानीय तहका प्रमुखले आफू चढ्दै आएको सवारी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन्।

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिँदा सङ्क्रमितले एम्बुलेन्स नपाएर उपचारमा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र गुप्ताले आफूले चढ्दै आएको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिएका हुन् ।

एम्बुलेन्सको अभावमा समयमै अस्पताल पुग्न नसकेर कुनै पनि नगरवासीले अकालमा ज्यान गुमाउन नपरोस् भनेर आफूले चढ्दै आएको लु१झ ४७३ नंको सरकारी गाडी एम्बुलेन्स बनाएको उनले बताए ।

नगरप्रमुख चढ्दै आएको उक्त गाडी अब नगरभित्रका सङ्क्रमितलाई आइसोलेशन र अस्पतालसम्म तथा अस्पतालबाट घरसम्म पु¥याउने कार्यमा प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार रामग्राममा हाल ३०१ जना सक्रिय सङ्क्रमित रहेका छन् भने कोरोना सङ्क्रमणकै कारण नगरपालिकाभित्रका २२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्