Logo
Logo

आज मदन-आश्रित स्मृति दिवस, एमालेले विविध कार्यक्रम गरेर सम्झँदै


दृष्टि संवाददाता



काठमाडौं । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज २८औं स्मृति दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले आज देशभर मदन–आश्रित स्मृति दिवस मनाउँदै छ । मदन–आश्रितलाई श्रद्धाञ्जलि दिन प्रधानमन्त्री केपी शर्मा ओली बुल्खुस्थित पार्टी मुख्यालय जाँदैछन् ।

एमालेका कार्यलय सचिव शेरबहादुर तामाङले बिहान साढे सात बजे प्रधामन्त्री ओली बुल्खु पुगेर श्रद्धाञ्जली मदन–आश्रिप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मारिएका तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा हरेक जेठ ३ गते यो दिवस मनाउने गरिन्छ ।

मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक मानिन्छ । लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनमा कटिवद्ध रहेका मानिने भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेका थिए ।

छोटो समयमा सर्वाधिक लोकप्रिय बनेका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो । आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि भेटिएको थियो।

‘दासढुंगामा घटना’को छानबिन गर्न धेरै आयोग बने पनि अहिलेसम्म वास्तविकता बाहिर आउन सकेको छैन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा २०५० साल जेठ ३ गते चितवनको भएको जिप दुर्घटनामा मदन–आश्रित मारिएका थिए ।

यो घट्नालाई ‘रहस्यमय’ भन्ने गरिएको छ । सो घटनायता पटक–पटक सरकारमा पुग्दा पनि सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै एमालेको आलोचना हुँदै आएको छ ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्