Logo
Logo

ओलीको फोनपछि बादललाई उपनिर्वाचनमा मत दिने राप्रपाको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभाको उप निर्वाचनमा एमालेका उम्मेदवार रामवहादुर थापा बादललाई मत दिने भएको छ ।

राप्रपाले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै एमालेबाट अनुरोधसहितको पत्र आएकाले जेठ ६ गते हुने उपनिर्वाचनमा एमाले उम्मेदवारको पक्षमा मतदान गर्ने भएको हो । राप्रपाले प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखलाई निर्देशन दिएको छ । वागमतीबाट राप्रपाका दुई प्रदेशसभा सदस्य र दुईजना गाउँँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता छन् ।

यसअघि, माओवादी केन्द्रले समेत विज्ञप्ति जारी गर्दै गठबन्धनका साझा उम्मेद्वार खिमलाल देवकोटाको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्