Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोना रोक्ने कार्यायोजना ल्याउन सर्वोच्चको आदेशदेखि निको हुने बढेकोसम्म


दृष्टि संवाददाता


१. २४ घण्टामा देशभर ५ हजार ७ सय ६७ कोरोना भाइरसका संक्रमित निको भएर घर फर्किए, २२ हजार बढीमा पीसीआर परीक्षण गर्दा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि, कोरोनाबाट सक्रिय संक्रमित हुनेको संख्या १ लाख नाघ्यो, २४ घण्टामा २ सय १४ कोरोना संक्रमितको मृत्यु, मुलुकमा कोरोना महामारीको स्थिति अझै केही साता चुनौतीपूर्ण हुने भन्दै स्वास्थय सुरक्षा मापदण्ड अपनाउने र निषेधाज्ञाको पूर्ण पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह ।

२. सर्वोच्च अदालतद्वारा ७ दिनभित्र कोरोना महामारी नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना ल्याउन स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश जारी, न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अक्सिजन, आधारभूत औषधि र अस्पतालको बेड पाउने सुनिश्चितता जस्ता विषय सम्बोधन गरी ७ दिनभित्र कार्ययोजना ल्याउन अन्तरिम आदेश, कार्ययोजनामा अक्सिजन र उपचार अभावमा संक्रमितको मृत्यु नहुने अवस्था र गम्भीर अवस्थाका संक्रमितका लागि आईसीयू वा भेन्टिलेटर उपलब्धता सुनिश्चित गर्न क्वीक रेस्पोन्स टिम गठन गर्ने विषय समेट्नुपर्ने ।

३. नेपालमा कोरोना भाइरसको संक्रमण बढीरहँदा छिमेकी मुलुक चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री ल्याउने क्रम जारी, नेपाल वायुसेवा निगमको जहाजबाट आइतबार र सोमबार दुई दिनमा चीनको बेइजिङबाट ९७५ थान अक्सिजन सिलिन्डर र १५७ अक्सिजन कन्सन्टेटर आइपुगे, थप सामग्री लिन पुनः उडान भर्ने निगमका प्रबन्ध निर्देशक दिमप्रकाश पौडेलको जानकारी ।

४. वागमती प्रदेशको तर्फबाट रिक्त राष्ट्रियसभा पदका लागि जेठ ६ गते हुने उपनिर्वाचनमा विपक्षी गठनबन्धनका साझा उम्मेद्वार खिमलाल देवकोटालाई मतदान गर्न माओवादी केन्द्रको ह्वीप जारी, पूर्व माओवादी नेता रहेका रामबहादुर थापा ‘बादल’ प्रगितमनको मतियार बनेको आरोप, पार्टीको आन्तरिक विवाद समाधान गर्न संस्थापन पक्षसँग संवाद चलिरहेको बेला नेपाल पक्षले देवकोटालाई के गर्छ भन्ने टुंगिन बाँकी, राप्रपाद्वारा एमाले उम्मेद्वार थापालाई मतदान गर्ने घोषणा ।

५. सर्वोच्च अदालतद्वारा लुम्बिनी प्रदेशका चारजना मन्त्रीलाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न आदेश, न्यायाधीश नहकुल सुवेदीको एकल इजलासद्वारा जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै पुनर्वहालीको आदेश ।

६. कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए सपथ, आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्रीका रूपमा सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा गोपाल शर्माद्वारा प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनी समक्ष पद तथा गोपनीयताको सपथ, सत्ता साझेदार नेपाली कांग्रेसको असन्तुष्टिपछि विन्दमान विष्टलाई सपथ नगराई फिर्ता गरियो ।

७. कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठको दावी, नेपाली क्रान्तिलाई अगाडी बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरुको एकता आवश्यक रहेको तर्क, देशी र विदेशी शक्तिको योजनामा तत्कालीन नेकपा पार्टी फुटेको श्रेष्ठको आरोप ।

८. शेयर बजारमा उत्साह कायमै, २ हजार ७ सय ५९ बिन्दुको नयाँ रेकर्ड, पुनर्बीमाको एक हप्तादेखि धेरै कारोबार, साढे ९ अर्ब बढीको शेयर कारोबार, नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारको जानकारी लिन सक्ने, द्रुत गतिमा स्वास्थ्य सामाग्री जाँचपास गर्न भन्सार विभागलाई अर्थमन्त्री विष्णु पौडेलको निर्देशन ।

९. कोरोनाविरुद्ध लड्न सन्दीपद्वारा ३ लाख सहयोग, नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भारतीय फुटबल प्रतियोगिता आई लिगको उत्कृष्ट गोलकिपरको मनोनयनमा, समर्थकको भोटिङका आधारमा विजेता घोषणा गरिने, बीसीसीआईद्वारा कोरोना परीक्षणमा नै महिला र पुरुष खेलाडीमा भेदभाव गरेको आरोप ।

१०.र, भारतले बनायो कोरोनाविरुद्धको औषधि, रक्षा र स्वास्थ्यमन्त्रीले गरे सार्वजनिक, संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो, इजरायल–प्यालेस्टाइन युद्ध जारी, एकैदिन १० बालबालिकासहित ४२ जनाको मृत्यु,अतिरिक्त खोप कोभ्याक्सका लागि उपलब्ध गराउन युनिसेफको आग्रह,अमेरिकाले संयुक्त राष्ट्रसंघलाई हिंसाविरुद्ध खुलेर बोल्न नदिएको चीनको आरोप ।

प्रतिक्रिया दिनुहोस्