Logo
Logo

बादललाई मत दिन नेकपा एमालेको ह्वीप


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एमाले)ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मत दिन ह्वीप जारी गरेको छ।

महासचिव ईश्वर पोखरेलले प्रदेसभा सदस्य र बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उप्रमुखका नाममा एउटै व्यहोराको पत्र पठाएका हुन् ।

‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क. रामबहादुर थापामगर भएको जानकारी गराईन्छ,’ पत्रमा भनिएको छ ।

बागमती प्रदेशसभा र स्थानीय तहमा एमालेको एकल बहुमत छ । पार्टीको ह्विप अनुसार मतदान भएपछि बादलले जित्ने लगभग निश्चित भएको छ। बागमती प्रदेशका लागि राष्ट्रियसभाको उपनिर्वाचन ६ जेठमा हुँदै छ।

उपचुनावमा विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतले खिमलाल देवकोटालाई अघि सारेका छन्। माओवादीले पनि यसअघि नै देवकोटालाई मत दिन ह्वीप जारी गरिसकेको छ भने राप्रपाले समेत एमालेका उम्मेद्वार बादललाई मत दिन ह्वीप जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्