Logo
Logo

निगम हेर्याहेर्यै, विदेशी उड्याउड्यै


दृष्टि संवाददाता


काठमाडौं । विश्वव्यापी महामारीको बेला विपद् व्वस्थापन गर्न राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ठूलो भूमिका हुन्छ । त्यसका लागि निगमको व्यवस्थापन चुस्तदुरुस्त हुनु आवश्यक छ । निगमसँग दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी जहाज भए पनि व्यवस्थापन कमजोर हुँदा त्यसको फाइदा अन्य निजी एयरलाइन्सहरुले उठाउँदै आएका छन् । यसबाट निगमलाई करोडौं घाटा हुँदै आएको छ ।

निगमसँग भएको एउटा वाइडबडी ल्याण्डिङ गियर बिग्रेर थन्किएको छ भने, अर्को न्यारोबडी पनि फोर्स ल्याण्डिङका कारण समस्याग्रस्त छ । कोरोनाको उपचार सामग्री, अन्य उपकरण विदेशबाट ल्याउन र नेपालबाट विदेशमा जाने यात्रुहरु चार्टर्ड गर्न पनि ती जहाज समयमै मर्मत गर्नुपर्ने हुन्छ ।

गत वर्ष ‘लकडाउन’मा निगमले करिब ६० वटा चार्टर गरेको थियो । त्यतिबेला कमर्सियल डाइरेक्टर टंकनिधि दाहाल थिए । उनले निगमको बजार व्यवस्थापन कुशलतापूर्वक गरेकाले निगमको बजार सुरक्षित भएको थियो । अहिले उनको ठाउँमा जनक कालाखेती आएका छन् । कालाखेतीले निजी क्षेत्रका एयरलाइन्ससँग साँठगाँठ गरेकै कारण निगम व्यापार शून्यमा झरेको हो । बल्ल निगमले बेइजिङबाट अक्सिजन सिलिण्डर ल्याउने जिम्मा पाएको छ । यस अगाडि दैनिक एउटा हिमालयन एयरलाइन्सले चीनमा कार्गो गर्दा निगमको कार्गो ‘शून्य’ जस्तै थियो ।

गत वर्ष ‘लकडाउन’मा निगमले करिब ६० वटा चार्टर गरेको थियो । त्यतिबेला कमर्सियल डाइरेक्टर टंकनिधि दाहाल थिए । उनले निगमको बजार व्यवस्थापन कुशलतापूर्वक गरेकाले निगमको बजार सुरक्षित भएको थियो । अहिले उनको ठाउँमा जनक कालाखेती आएका छन् । कालाखेतीले निजी क्षेत्रका एयरलाइन्ससँग साँठगाँठ गरेकै कारण निगम व्यापार शून्यमा झरेको हो । बल्ल निगमले बेइजिङबाट अक्सिजन सिलिण्डर ल्याउने जिम्मा पाएको छ । यस अगाडि दैनिक एउटा हिमालयन एयरलाइन्सले चीनमा कार्गो गर्दा निगमको कार्गो ‘शून्य’ जस्तै थियो ।

गत मंगलबारको तथ्यांकअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँचवटा वायुसेवा कम्पनीका नौ वटा उडान अवतरण गरेको छ । विमानस्थलका अनुसार मंगलबार तीनवटा कार्गो, दुईवटा चार्टर र एउटा एयर एम्बुलेन्स उडान ग¥यो । त्यसमध्ये हिमालय एयरलाइन्सको कुनमिङ–काठमाडौं कार्गो पनि थियो ।

त्यसै दिन दिउँसो १ः३७ बजे हिमालयनको नेपाल–बंगलादेश चार्टर उडान गरेको थियो । ५२ जना बंगलादेशी नागरिकलाई लिएर हिमालयनको जहाज बंगलादेश उडान गरेको थियो । गत मंगलबार राति नै ८ः१५ बजे हिमालयनकै जहाजले काठमाडौं–कुनमिङ उडान गरेको थियो ।

गत मंगलबार नै अस्ट्रियाको टाइरोल एयर एम्बुलेन्सले काठमाडौं चार्टर गरेको थियो । दुवई–काठमाडौं–लखनउ उडान गरेको यो जहाज ३ः४५ बजे लखनउ उडान गरेको थियो । उक्त जहाजले अमेरिकी नागरिकको घाँटी फ्याक्चर भएपछि एयर एम्बुलेन्समार्फत रेस्क्यु गरेको हो ।

यसैबीच दोहा–काठमाडौं–मस्को उडान गर्न कतार एक्जुटिभ्सको चार्टर विमान साँझ ५ः४५ बजे काठमाडौं अवतरण भएको थियो । हवाई नियमअनुसार यो चार्टर गर्न मिल्दैन । तर नागरिक उड्डयन प्राधिकरणसँगको साँठगाँठमा कतार एयरले यो उडान ग¥यो ।

चार जना रसियाली नागरिक हिमाल आरोहणका लागि आएका थिए । तिनीहरुले निगमको जहाज चार्टर गर्न सक्थे, तर व्यवस्थापनको ध्यान नपुग्दा निगमको व्यापारमा नियमविपरीत कतारले हस्तक्षेप ग¥यो । काठमाडौंबाट विदेश जान निगमलाई प्रोत्साहित गर्नुपर्नेमा हवाई प्राधिकरणले विदेशी एयरलाइन्सलाई सहयोग गरेको कारण पनि निगम घाटामा जाने एउटा कारण हो । निगमको व्यवस्थापन सुधारमा महाप्रबन्धक डिमप्रकाश पौडेलको क्षमता देखिएको छैन । उनी आन्तरिक खुद्रा मसिना काममै अल्झिउका छन् । उनको कार्यशैली निगमका कर्मचारीहरुलाई मन परेको छैन । जसलाई पनि शंकाको दृष्टिले हेर्ने गर्दा उनी एक्लो परेका छन् ।

प्रतिक्रिया दिनुहोस्