Logo
Logo

प्रधानमन्त्री ओलीले फेरि सपथ लिनु नपर्ने


दृष्टि संवाददाता

29.5k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथ लिनु नपर्ने भएको छ । प्रधानमन्त्री ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । प्रधानमन्त्रीले वैशाख ३१ गते सपथग्रहण गर्ने क्रममा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द छुटाएको र ‘त्यो पर्दैन’ भनेको विषय संविधानको वर्खिलाप रहेको भन्दै सपथ बदर गर्न सातवटा रिट परेकाे थियाे ।

शपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । जसमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्