Logo
Logo

महतो संसदीय दलको नेता चयन भएको पत्र संसद सचिवालयमा


दृष्टि संवाददाता


काठमाडौं । ठोस प्रस्ताव र निर्णय विनै जसपाले संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको जानकारी संसद सचिवालयलाई सुटुक्क जानकारी गराएको छ ।

मंगलबार जसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको हो । उक्त पत्रमा महतो दलको नेता निर्वाचित भएको व्यहोरा उल्लेख छ । यसमा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको सहमति रहे/नरहेको बारे प्रष्ट छैन ।

वैशाख ३० गते जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदहरु भक्तपुरको एक रिसोर्टमा भेला भएका थिए।सोही भेलाले महतोलाई दलको नेता चयन गरेको घोषणा भएको थियो ।

सत्ता सहकार्यको विषयमा जसपा विभाजन भएपछि अध्यक्ष महन्थ ठाकुर पक्षले महतोलाई बहुमत सांसदको समर्थनमा दलको नेता चयन गरेको थियो ।

एक वर्षअघि राजपा र समाजवादी पार्टीबिच एकता हुँदा महतोलाई दलको नेता बनाउने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्