Logo
Logo

महतो संसदीय दलको नेता चयन भएको पत्रप्रति अध्यक्ष यादवकाे आपत्ति


दृष्टि संवाददाता


काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरको नामबाट संघीय संसदमा पठाइएको पत्र असंवैधानिक भनेका छन् ।

मंगलबार जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले जसपाले संसदीय दलको नेतामा राजेन्द्र महतो चयन गरेको जानकारी संसद सचिवालयलाई सुटुक्क जानकारी गराएको थियो ।

उक्त पत्रपछि एक विज्ञाप्ति जारी गर्दै अध्यक्ष यादवलेले आपत्ति जनाएका हुन् । संसदीय दलको बैठक नबसिकन संसदीय दलको नेता भए भनेर पत्र पठाउनु अंसवैधानिभएको उनले बताए छन् ।

प्रतिक्रिया दिनुहोस्