Logo
Logo

कोरोनाबाट थप १९६ जनाको मृत्यु, ८ हजार २०३ जना संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । गत २४ घण्टामा देशभर १९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या ५ हजार ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज देशभर ८ हजार २०३ जना संक्रमित थपिएका छन् । २० हजार ८ सय ८६ जनाको पिसिआर गर्दा ८ हजार १ सय ३६ जना र एन्टीजेन ६ सय ९३ गर्दा ६७ जनामा कोरोना पुष्टि भएको हो।

कुल संक्रमितमध्ये हाल १ लाख १४ हजार ५ सय २९ जना सक्रिय संक्रमित छन् । हाल ७ सय ५२ जना संक्रमित क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ६ हजार ८ सय ९१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्