कांग्रेसले देशभरका कार्यालय आइसोलेसन सेन्टर बनाउन दिने « Drishti News – Nepalese News Portal
Logo

कांग्रेसले देशभरका कार्यालय आइसोलेसन सेन्टर बनाउन दिने


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसले देशैभरिका आफ्ना कार्यालय भवन कोरोना संक्रमितको उपचार प्रयोजनका लागि दिने भएको छ ।

मंगलबार जिल्ला सभापतिहरुको भर्चुअल बैठकले अस्पतालमा बेड अभाव हुन थालेपछि देशभरका कार्यालयमा आइसोलेसन सेन्टर बनाउन दिने निर्णय गरेको हो ।

कांग्रेसका ४० भन्दा बढी जिल्ला सभापति सम्मिलित बैठकले पार्टी कार्यालयका भवन कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टरका रुपमा उपलब्ध गराउने निर्णय गरेको हो ।

जिल्ला सभापतिहरूको बैठकले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

सरकारले अपेक्षित रुपमा काम गर्न नसकेको भन्दै कांग्रेसले त्यसका लागि कांग्रेसका तर्फबाट छुट्टै कोष खडा गरी संक्रमितको उपचार र राहतको व्यवस्था गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्