Logo
Logo

शेरबहादुर देउवाको अपिल- १२ वर्षमाथिकालाई खोप लगाउन थालौँ


दृष्टि संवाददाता


काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तेश्रो लहर आउने सम्भावित खतरालाई मध्यनजर गर्दै महामारी नियन्त्रणको तयारी गर्न आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा सभापति देउवाले तेस्रो लहर पनि आउन सक्ने भन्दै सातवटै प्रदेशका अस्पतालमा विशेष वार्ड र आइसीयु लगायतको तयारी गर्न सरकारसँग आग्रह गरेका हुन् ।

सभापति देउवाले कोरोनाको तेश्रो लहरबाट बालबालिका बढी असुरक्षित हुनसक्ने विज्ञहरुको भनाइ रहेको बताउँदै १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन समेत आग्रह गरेका छन् ।

‘कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेका छन् । म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड र आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु।’ देउवाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्