काठमाडौं । कोरोना संक्रमणको दर नघटेपनि निको हुने संक्रमितको संख्या भने बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपामा ७ हजार ९८९ जना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७३ जना संक्रमित थपिएका छन् भने २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमित मृतकको संख्या ५ हजार ६ सय ५७ पुगेको छ । अहिले देशभर ८५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।











