Logo
Logo

संवैधानिक परिषद अध्यादेशबारे सर्वोच्चको कारण देखाउ आदेश


दृष्टि संवाददाता


काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेशका विरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको संवैधानिक परिषद् सम्बन्धि अध्यादेलाई लिएर परेको रिटमा न्यायाधीश मीरा खड्काको एकल इजलासले बुधबार विपक्षी राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषद्लगायतका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

अधिवक्ता पूण्यप्रसाद खतिवडाले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले भनेको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाण सहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखितजवाफ पेश गर्नु ’ भनिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २१ गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ जारी गरेका थिए । अध्यादेश कार्यान्वयन नगराउन भनी अन्तरिम आदेश माग गरिएकोमा भने सर्वोच्चले त्यसका लागि छलफलको मिति तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्