Logo
Logo
लुम्बिनी प्रदेश

मुख्यमन्त्रीको नियुक्तिविरुद्ध अदालत जाने निर्णय


दृष्टि संवाददाता


दृष्टि फाइल

काठमाडौं । लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् ।

बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो ।

प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी दलहरुको दावी छ ।

यसअघि मंगलबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले मुख्यमन्त्री पोखरेलका विरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने भन्दै विशेष अधिवेशन बोलाउन अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्