Logo
Logo

प्रधानमन्त्रीलाई कारवाही गर्न प्रचण्डको माग


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका छन् ।

अध्यक्ष प्रचण्डका स्वकीय सचिवको हस्ताक्षरमा जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार रामबहादुर थापा बादललाई भोट दिन भन्दै गरेको अपिल निर्वाचन आचारसंहिता विपरित भएको भन्दै आपत्ति जनाइएको छ ।

विज्ञप्तिमा सरकार प्रमुखले नै अमुक उम्मेद्वारलाई विजयी गराउन मतदातालाई अपिल गरेर निर्वाचनमा पार्नु निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफ भएको समेत ठहर गरिएको छ ।

मतदातालाई धम्की दिएर प्रधानमन्त्रीले आचारसंहिताको उल्लंघन गर्नुका साथै चुनावी पद्दतीमाथि पनि प्रश्न खडा भएको निष्कर्ष प्रचण्डको छ ।

वक्तव्यले निष्पक्ष चुनाव हुने अपेक्षा गर्न नसकिने समेत प्रचण्डले भनेका छन् । प्रधानमन्त्रीको वक्तव्यको निन्दा गर्दै प्रचण्डले आवश्यक कारवाही गर्न निर्वाचन आयोगलाई समेत आग्रह गरेका छन् ।

विज्ञिप्तमा प्रधानमन्त्रीबाट भएको अलोकतान्त्रिक हर्कतप्रति चनाखो हुँदै लोकतान्त्रिक मूल्य मान्यताको रक्षाको निम्ति एक जुट हुन पनि आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्