Logo
Logo

कोरोना रोक्न पूर्व मन्त्री आङ्बोको आठ सुझाव


दृष्टि संवाददाता


काठमाडौं । प्रदेश नम्बर १ माओवादी संसदीय दलका नेता एवं पूर्व मन्त्री इन्द्र आङ्बोले कोरोना भाइरस नियन्त्रण गर्न सरकारलाई आठ सुझाव दिएका छन् ।

बुधबार नेता आङ्बोले महामारीले अवस्था भयावह उन्मुख भइरहँदा तत्काल सरकारले अघि सार्नुपर्ने केही मुख्य विषय समेटेर सुझाव दिएका हुन् ।

नेता आङ्बोले अक्सिजनदेखि आइसोलेसन सम्मको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । महामारीको समयमा औषधिको अभाव हुन नदिन आवश्यक पर्ने सामग्रीको आपूर्ति गर्न सुझाव दिएका छन् ।

महामारीले सबैभन्दा धेरै विपन्न वर्ग मारमा परेकाले आर्थिक अभावमा कोही पनि उपचार पाउनबाट वञ्चित हुने अवस्था आउन नदिनेतर्फ नेता आङ्बोले सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

नेता आङ्बोले दिएका सुझाव :

१. सरकारी र निजी क्षेत्रले सञ्चालन गरेको कोभिड अस्पताल र अक्सिजन आइसोलेसनमा अक्सिजनको व्यवस्था मिलाउ

२. जिल्लाका १४ वटा अस्पतालमा अक्सिजन लगायतका स्वास्थ्य सामग्रीको व्यवस्था तत्काल पूर्ति गर

३. पीसीआर परीक्षणको दायरा बढाउ

४. चालू बजेटमा कोरोना नियन्त्रणको निम्ति प्रस्ताव गरिएको बजेट र आवश्यक भए थप बजेटको ब्यबस्था गरि आवश्यक स्वास्थ्य सामाग्री खरिद गर

५. आर्थिक अभावको कारण सर्बसाधरणलाई उपचारबाट बञ्चित नगराउन खर्च सबै व्यहोर

६. सहयोग,अनुदान वा खरिदबाट प्राप्त स्वास्थ्य सामग्रीको समुचित बितरण होस्

७. कोरोना नियन्त्रणमा खटिएका फ्रन्टलाइनरका लागि गरिएको घोषणा कार्यान्वयन गर

८. कालोबजारी र महङ्गी नियन्त्रणमा तदारुकता देखाउ

नेता आङ्बोले महामारीको बीचमा विभिन्न स्थानमा राहतको नाममा स्वास्थ्य सामग्री र अक्सिजन वितरणलाई रोकेर एकद्वार प्रणाली बनाउन समेत जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्