Logo
Logo

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि नेपालमै उत्पादन


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेमडेसिभिर अब नेपालमै उत्पादन हुने भएको छ ।
औषधि व्यवस्था विभागले वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरलाई औषधि उत्पादनका लागि अनुमति दिइएको हो ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले उत्पादन प्रक्रिया सुरु नै भइसकेको जानकारी दिए । औषधिको बजार बिक्रीका लागि भने अनुमति नदिइएको उनले जानकारी दिए ।

स्वदेशमै उत्पादन हुने भएपछि रेमडिसिभिर औषधिको माग केही कम हुने विभागको अनुमान छ। जेठ महिनाको अन्तिमसम्ममा औषधि बजारमा आउने बताइएको छ ।

कोरोना संक्रमण बढेसँगै नेपालमा यसको माग उच्च छ । तर माग अनुसारको आपूर्तिमा भने सहज छैन । भारतबाट आयात हुँदै आएको रेम्डिसिभिर भारतमा नै संक्रमणको दर उच्च भएपछि निर्यातमा भारत सरकारले रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्