Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : प्रधानमन्त्रीलाई कारवाही गर्न प्रचण्डको आग्रहदेखि कोरोना जित्ने बढेकोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. कोरोना भाइरसको संक्रमणबाट निको हुने क्रम बढ्यो, पछिल्लो २४ घण्टामा झण्डै ८ हजार संक्रमितले जिते कोरोना, ८ हजार १ सय ७३ नयाँ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ३ सय ५८ पुग्यो, काठमाडौं उपत्यकामा मात्रै २ हजार ४ सय ८६ संक्रमित थपिए, थपसहित सक्रिय संक्रमित भने ३६ हजार ७ सय ३५ पुगे, ,रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन हुने, नेसनल हेल्थ केयरले पायो अनुमति ।

२. निर्वाचन आचारसंहिता उल्लंघन गर्दै नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बागमती प्रदेशमा बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई मत दिन अपिल, एमाले पार्टी पंक्तिले आफ्नै उम्मेद्वारलाई मत नदिए त्यो अपराध हुने तर्क, मत नदिए कारवाही गर्नेसम्मको चेतावनी, चेतावनीपूर्ण अभिव्यक्तिलाई लिएर माधव नेपाल समूह असन्तुष्ट ।

३. राष्ट्रियसभा उपनिर्वाचनको पूर्व सन्ध्यामा आचारसंहिता जारी भएको बखत नेकपा एमाले अध्यक्ष ओलीबाट मतदातालाई मत दिन गरिएको अपिलप्रति राजनीतिक दलको आपत्ति, कांग्रेसद्वारा ओलीको विज्ञप्तिप्रति आपत्ति, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रधानमन्त्रीलाई कारवाही गर्न माग, आचारसंहिता उल्लंघन गरि जारी भएका विज्ञप्तिप्रति ध्यानाकर्षण भएको निर्वाचन आयोगको भनाइ, निर्वाचन आचार संहिता कानूनी आधार र नैतिक बन्धन पनि भएकोले पालना गरिदिन समेत आग्रह ।

४. संविधानको उल्लङ्घन हुने गरी गैरसांसदलाई दोहोर्‍याएर मन्त्री बनाइएको भन्दै सर्वोच्च अदालतमा दुई रिट, सांसद नहुँदा पनि दोहोर्‍याएर जिम्मेवारी पाएका मन्त्रीहरूलाई पदमुक्त गर्न आदेश माग, दुवै रिट निवेदनमाथि बिहीबारका लागि पेशी तोकिए ।

५. लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक भएको भन्दै बदरको मागसहित विपक्षी दल न्यायिक उपचारमा जाने, चार दलका संसदीय दलका नेता एवं दलका सचेतकहरुको बधुबार बसेको बैठकद्वारा वैशाख १९ मा पोखरेलको मुख्यमन्त्रीमा नियुक्ति संविधानको भावना र मर्म विपरीत भएको भन्दै न्यायिक उपचारमा सर्वोच्च अदालत जाने निर्णय ।

६. नेकपा एमालेको वार्ता टोलीको बैठक अन्तिम समयमा आएर स्थगित, साँझ ७ बजे सिंहदरवारमा बस्ने भनिएको बैठक आन्तरिक तयारीका लागि भन्दै स्थगित भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जानकारी, राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले उम्मेद्वार रामबहादुर थापा बादललाई जिताउन अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिका कारण पनि बैठक नबसेको नेताहरूको बुझाइ, विज्ञप्तिमा प्रयोग भएका शब्दप्रति माधव नेपाल समूहको असन्तुष्टी ।

७. गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा प्रदेश मन्त्रिपरिषद हेरफेर, पुरानै अनुहार दोहो¥याइयो, पुनर्नियुक्त भएका मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पनि जिम्मेवारी पाए, मन्त्रीहरुको कार्यविभाजनमा किरण गुरुङ अर्थ, भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामशरण बस्नेत भौतिक पूर्वाधारको जिम्मेवारी, सहरी विकास तथा यातायात व्यवस्था र ऊर्जा जलस्रोत तथा खानेपानी कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी ।

८. निषेधाज्ञा अवधिभर कर नतिरे पनि जरिवाना नलिन सर्वोच्चको आदेश, तङ्ग्रिँदै गरेको उद्योग व्यवसाय वैशाख १६ देखिको निषेधाज्ञाले पुन प्रभावित भएको राष्ट्र बैंकको निष्कर्ष, सात दिनको बृद्धिपछि नेप्सेमा सामान्य करेक्सन, कारोबार रकममा भने नयाँ रेकर्ड कायम, जीवन बीमा कम्पनीहरुको बीमालेख धितोमा आधा खर्ब बढी लगानी, तीन अर्ब ६४ करोड आम्दानी, दैनिक उकालो लाग्दै आएको सुन र चाँदीको भाउमा बुधबार भने सामान्य गिरावट ।

९. राष्ट्रिय फुटबल टिम मैत्रीपुर्ण खेल र विश्वकप छनौटका लागि मंगलबार प्रस्थान गर्ने, कोरोनाको नियमका कारण नेपाली तेक्वान्दो खेलाडीले ओलम्पिक छनौट खेल्न नपाउने, एशियन बक्सिङ च्याम्पियनसिपमा नेपालको सहभागिता नहुने, कोरोना सङ्क्रमणका कारण नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठको निधन, यूरो कपका लागि जर्मनी टिमको घोषणा, मुलर र हुमेल्सको कमब्याक ।

१०.र, भारतको औषधि नियामक सीडीएससीओले दियो कारोनाविरुद्धको खोप आयात गर्न अनुमति, भारतमा संक्रमणदर घट्दै, २४ घण्टामा २ लाख ६७ हजार संक्रमित थपिए, ब्राजिलमा कोभिडबाट एकैदिन २५ सय १३ जनाको मृत्यु, भारतबाट खोप पाउने समय अनिश्चित, खोप उत्पादक सिरमले अहिले निर्यात भने नगर्ने ।

प्रतिक्रिया दिनुहोस्