Logo
Logo

माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल केयर क्रेडिट सुविधा सञ्चालनमा


दृष्टि संवाददाता


काठमाडौं । माछापुच्छ्रे बैंकले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पु¥याउने उद्देश्यले एमबीएल केयर क्रेडिट सुविधा संचालनमा ल्याएको छ ।

यस सुविधाअन्तर्गत बैंकका ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट सुविधाअन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् । उक्त सुविधाले बैंकका ग्राहकहरुलाई १० दश लाखसम्मको रकम प्रदान गर्ने छ ।

बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुविधा लिन सक्नेछन् । हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहनुहुने ग्राहकहरुले बैंकको वेबसाइटमा गई क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् ।

बैंकको देशैभर रहेका १६० शाखाहरुमार्फत सजिलै सो सुविधा लिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्