Logo
Logo

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा ज्ञवाली नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । जेठ ४ गते मंगलबार बसेको ३६२औँ सञ्चालक समितिको बैठकले ज्ञवालीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

बैठकले आगामी असार १ गतेदेखि लागू हुने गरी ज्ञवालीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । सुदेश खालिङको राजिनामापछि रिक्त हुन गएको स्वतन्त्र सञ्चालकको पदमा ज्ञवालीलाई नियुक्त गरिएको हो ।

नवनियुक्त स्वतन्त्र सञ्चालक ज्ञवालीसँग बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव रहेको छ । शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रही आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् ।

बैंकमा सहायक प्रबन्धकबाट बैंकिङ करिअर शुरु गरेका ज्ञवालीसँग विदेशी बैंकको उच्च ओहदामा रही कार्यसम्पादन गर्नुका साथै नेपालका ठूला दुईवटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभवसमेत छ ।

प्रतिक्रिया दिनुहोस्