Logo
Logo

जीतपछि खिमलालको प्रतिक्रिया- मैले इतिहास रचेँ


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा विजयी डा. खिमलाल देवकोटाले इतिहास रचेको दावी गरेका छन् ।

बिहीबार सम्पन्न निर्वाचनमा एमाले उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटाले राजनीतिक दलको समर्थनमा स्वतन्त्र नागरिकले निर्वाचन जितेर इतिहास रचेको प्रतिक्रिया दिएका हुन् ।

विजयी भएपछि पत्रकारलाई प्रतिक्रिया दिंदै उनले भने ‘हामीले इतिहास रचेका छौं, किनभने स्वतन्त्र नागरिकलाई मेजर पोलिटिकल पार्टीले सपोर्ट गरेर चुनावमा उठाउनु भनेको नेपालको पहिलो अनुभव होला, संसारमा पनि शयद पाइँदैन ।’

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए । राष्ट्रियसभा विज्ञहरुको थलो हो भन्दै देवकोटाले अब त्यहाँ प्रदेश र स्थानीय तहको पक्षमा आवाज उठाउने बताए ।

‘संघीय राज्यहरुको अभ्यास हेर्ने हो भने अपर हाउस हो भनेको सब नेशनल गभर्मेन्टको आवाज बोल्ने थलो हो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्