Logo
Logo

पाकिस्तानका लागि नेपाली राजदूतले भेटे संघीय मन्त्री


दृष्टि संवाददाता


काठमाडाैं । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिरहेकाले जोखिम न्यूनिकरणका लागि सहयोग गर्न पाकिस्तान सरकारसँग आग्रह गरेका छन् ।

बिहीबार पाकिस्तानको संघीय आर्थिक मामिला मन्त्री एच ओमर अयूब खानसँग शिष्टाचार भेट गर्दै राजदूत अधिकारीले महामारी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका हुन् ।

यस्तै, छलफलका क्रममा राजदूत अधिकारीले दुई देशबीचको द्वीपक्षीय सम्बन्धका बारेमा समेत चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्