Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : प्रधानमन्त्रीको दावी पेश गर्न राष्ट्रपतिको आह्वानदेखि राष्ट्रियसभामा खिमलालसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. राष्ट्रपति विद्या देवी भण्डारीद्वारा नयाँ सरकार गठनको आह्वान, संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने पत्र राष्ट्रपति कार्यालयलाई पठाएसँगै राष्ट्रपतिद्वारा शुक्रबार साँझ ७ बजेभित्र सरकार गठनका लागि धारा ७६ को उपधारा ५ अनुसार आह्वान, मन्त्रिपरिषद बैठकद्वारा संसदको बजेट अधिवेशन जेठ ९ गते आह्वान गर्न मन्त्रिपरिषद बैठकद्वारा राष्ट्रपतिलाई सिफारिस, आह्वान असंवैधानिक भएको कांग्रेसको ठहर, विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था नरहेको कानूनविद्को तर्क । ।

२. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषदको सिफारिसमा सपथ सम्बन्धी र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश जारी, प्रधानमन्त्रीको सपथ सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बेला सरकारले सपथ सम्बन्धी कानुन नभएकाले अध्यादेश जारी, संविधानले सपथको ढाँचा संघीय कानुन बमोजिम हुनेछ भने पनि अहिलेसम्म कानुन नबनेको हुनाले पछिल्लो विवादको निरुपण गर्न अध्यादेश जारी गरिएको दावी ।

३. राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेशको उपनिर्वाचनमा एमाले उम्मेद्वार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै खिमलाल देवकोटा विजयी, पाँच हजार ८८ मत प्राप्त, एमालेका माधव नेपाल समूहले मत नदिँदा देवकोटाको सहज जीत, पार्टीको ह्वीप विपरित मतदान गर्नेलाई कारवाही गर्ने एमाले स्थायी कमिटी बैठकको निर्णय ।

४. गैर सांसद मन्त्रीले पुनः नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चद्वारा नियुक्ति बदर, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले मन्त्रीको हैसियतमा काम गर्न रोक लगाउँदै अन्तरिम आदेश जारी, संविधानको धारा ७८ अनुसार मन्त्री भएको गैर सांसदले नियुक्तिको ६ महिनाभित्र संघीय संसद्को सदस्यमा निर्वाचित भएर नआएमा प्रतिनिधिसभाको कार्यकालभर पुनः मन्त्री हुन नपाउने व्यवस्था रहेको आदेशमा उल्लेख ।

५. पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५ सय ४३ जना व्यक्तिमा कोरोना संक्रमित निको भए, हालसम्म तीन लाख ६६ हजार ९ सय ४६ संक्रमित निको भई घर फर्किए , पछिल्लो २४ घण्टामा ८ हजार ३ सय ५ जना कोरोना संक्रमित थपिए, १ सय ९० जनाको मृत्यु ।

६. प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले बुझाए कोरोना भाइरस नियन्त्रणका बारे पार्टीको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र, कोभिड– १९ महामारीको पहिलेको चरण भन्दा दोस्रो चरण भयावह भएको र त्यसलाई नियन्त्रण गर्न सरकार चुकेको कांग्रेसको ज्ञापनपत्रमा उल्लेख, सीमा नाकाहरूको व्यवस्थापनमा सरकार सुरुमै चुकेकाले संक्रमण फैलिएको दावी ।

७. कोरोना नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको नेकपा माओवादी केन्द्रको निष्कर्ष, स्थायी कमिटी बैठकद्वारा सरकारले खोप ल्याउन नसकेको, स्वास्थ्य सामाग्री खरिद गर्दा भ्रष्टाचारमा लिप्त भएको साथै कोरोना नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष, कोभिड १९ नियन्त्रण गर्न गठित उच्चस्तरीय समिति (सीसीएमसी) खारेज गर्दै सर्वपक्षीय संयन्त्र निर्माण गर्न माग, सरकारलाई शुक्रबार ज्ञापन पत्र बुझाउने ।

८. अघिल्लो दिन करिब १२ अर्ब रुपैयाँको कारोबार भएको सेयर बजारमा शुक्रबार रकममा भारी गिरावट, दिनभरीमा ९ अर्ब ३० करोड रुपैयाँको किनबेच, बैंक तथा वित्तीय संस्थाहरुको शेयरमूल्य बढ्दा नेप्सेमा सामान्य सुधार, एनएमबि बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन, २ अर्बको ऋणपत्र पूर्ण रूपमा बिक्री, १३ दिनपछि घट्यो रु रु जलविद्युतको शेयर मूल्य, योजना आयोगबाट माओवादी कोटाका दुई जना सदस्य हटाइए, उपाध्यक्षमा कडेँल दोहोरिए ।

९. विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले अन्तिम तयारी स्वरूप प्रशिक्षण, बुधबार दशरथ रंगशालामा तयारी, राष्ट्रिय टोली जेठ ११ गते इराक प्रस्थान गर्ने, ओलम्पिकको इतिहासमा पहिलो पटक समावेश भएको कराँतेको टोकियो ओलम्पिकमा सहभागिताका लागि नेपालको वाइल्डकार्डको आशापनि लगभग समाप्त,करिव ६ बर्षदेखि अन्तराष्ट्रिय कराँते महासंघमा नेपालको संघ नविकरण नहुँदा प्रतियोगितामा सहभागी हनुबाट वञ्चित, टोकियो ओलम्पिक तयारीको निरिक्षण गर्न आइओसीका अध्यक्ष बाख जुलाई १२ मा जापान जाने ।

१०.र, भारतमा कोरोनाबाट दुई लाख ७६ हजार नयाँ संक्रमित थपिँदा ३८ सय ७४ जनाको मृत्यु, इजरायल र गाजाका विद्रोहीबिच एक–दुई दिनभित्रै युद्धविरामको सम्झौता हुने दावी, ‘ताउ–ते’ आँधीले भारतमा कम्तीमा ९० जनाको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्