Logo
Logo

प्रधानमन्त्रीमा देउवा र ओलीको दावी, राष्ट्रपति कानुनी परामर्शमा


दृष्टि संवाददाता


काठमाडाैं । संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्योदेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिएको छ । बिहीबार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि शुक्रबार ५ बजेसम्मको समय दिएको समयसीमा सकिएको हो ।

समयसीमा भित्र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट शेरबहादुर देउवाको गरी दुईवटा दावी पेश भएका छन् । यो समयमा प्रधानमन्त्रीका लागि प्रधानमन्त्री ओलीले फेरि आफ्नो पक्षमा १४३ सांसद रहेको दावी गर्दै प्रधानमन्त्रीका लागि दावी गरेका हुन् ।

दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।

यस्तै प्रधानमन्त्रीको दावी गर्दै विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा पनि १ सय ४९ सांसदको हस्ताक्षर राष्ट्रपतिसमक्ष पेश गरेका छन् । दुवै दावीमाथि अब विचार हुनेछ । दुवै दावी अध्ययन गरेर राष्ट्रपतिले एकलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

अब सबैको ध्यान राष्ट्रपतिबाट आउने निर्णयमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्