काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि गरिएको प्रस्तावलाई जालझेल गरी टार्ने ठाउँ नभएको बताएका छन् ।
१४९ जना बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष देउवाले प्रधानमन्त्री दावी गरेका छन् । पुनःजालझेल गर्ने प्रयास गरे आम जनता र सचेत नागरिकले यथोचित खबरदारी र प्रतिवाद गर्नुपर्ने भट्टराईको भनाइ छ ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्– ‘धारा ७६ (२ं) वमोजिम १ सय ४९ सांसदले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्ति निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु/जालझेल गरी टार्ने ठाउँ छैन । खुराफात शीरोमणिहरूले पुनःजालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारीरप्रतिवाद गर्नुपर्छ ।’
धारा७६(२)वमोजिम१४९सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्तिनिम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु/जालझेल गरी टार्ने ठाउॅ छैन।खुराफात शीरोमणिहरूले पुन:जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी/प्रतिवाद गर्नुपर्छ है।#OliMustGo pic.twitter.com/QopMOqhu9f
— Baburam Bhattarai (@brb1954) May 21, 2021












