Logo
Logo

राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयाे :रमेश लेखक


दृष्टि संवाददाता


काठमाडौँ । कांग्रेस नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको मर्यादा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको बताएका छन् । 

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(५) बमोजिम सरकार गठनका लागि दुवै पक्षका दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको विज्ञप्ति जारी गरेलगत्तै नेता लेखकले आपत्ति जनाएका हुन् ।

‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन् । यिनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन,’ नेता लेखकले सामाजिक सञ्जालमा लेखेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेकपा एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहका १२ र जनमोर्चाका १ गरी १४९ जना सांसदको समर्थन आफूलाई भएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्