Logo
Logo

संसद विघटनविरुद्ध सर्वोच्च जाने विपक्षी गठबन्धनको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ । शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका पाँच राजनीतिक दलका सांसदहरु प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको यो कदमबाट मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलतातर्फ धकेलिएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।

बैठकपछि जारी संयुक्त वक्तव्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्