Logo
Logo

भएको ‘अफेयर्स’ पनि ब्रेक भयो– आशा भुषाल, अभिनेत्री


- दृष्टि न्युज/संवाददाता


मोडल हुँदै अभिनेत्री बनेकी हुन् आशा भुषाल । तर, उनी केही समययता फिल्ममा देखिएकी छैनन् । पछिल्लो समय उनी चेतनामूलक फिल्म ‘सुनपानी’मा देखिएकी थिइन् । तीन दर्जनको हाराहारीमा म्युजिक भिडियो र आधा दर्जन फिल्ममा अभिनय गरिसकेकी आशा केही महिनायता मिडियाबाट ओझेलमा छिन् । ‘म अहिले स्टेज कार्यक्रममै व्यस्त छु’ लामो समयपछि भेटिएकी यी अभिनेत्रीले रहस्य खोलिन्, ‘अब नयाँ वर्षसँगै नयाँ फिल्ममा काम गर्दैछु । त्यसपछि फेरि मिडियामा आउनेछु ।’ ‘दुश्मन’जस्ता फिल्ममा समेत अभिनय गरेकी आशाले राम्रो ब्यानरका फिल्म नपाएर काम नगरेको बताइन् । उनी नारीप्रधान एक्शन फिल्ममा काम गर्न रुचाउँछिन् । ‘म खुसी छु तर सन्तुष्टि छैन’ एक प्रसंगमा भनिन्, ‘आफैँले रोजेको पेसा भएकाले खुसी छु ।’ यिनै अभिनेत्रीसँग एमपी सुब्बासँगको जम्काभेट :


यतिका समय कता हराउनुभएको थियो ?
म कतै हराएकी थिइनँ । फिल्महरुमा काम नगरेको मात्र हो । म कार्यक्रमहरुमै व्यस्त थिएँ ।
मिडियामा पनि देखिनुभएन, पूरै हराउनुभयो ?
काम नै नगरेपछि मिडियामा देखिएरमात्र के गर्नु ? मैले फिल्म ‘सुनपानी’पछि काम गरेकी छैन । स्टेज कार्यक्रमहरु पनि विदेशतिर बढी गर्दै आएकी छु । त्यसैले नेपालमा हराएको जस्तो भएँ ।
फिल्म किन नगर्नुभएको त ?
भनेजस्तो ब्यानर र फिल्म नपाएर नगरेको नि । फिल्मका लागि धेरै अफरहरु आए, तर मलाई मन परेन । मनै नलागी किन गर्ने भनेर त्यसै बसेँ ।
तपाइँले भनेजस्तो फिल्मचाहिँ कस्तो हो ?
पहिलो कुरा कथावस्तु राम्रो हुनुप¥यो । त्यसपछि ब्यानर पनि राम्रो हुनुप¥यो । ब्यानर र कथावस्तु राम्रो भयो भने काम गर्दा पनि सन्तुष्टि पाइन्छ ।
त्यसोभए अहिलेसम्म गरेका फिल्मबाट सुन्तुष्टि हुनुहुन्न ?
केही फिल्मबाट सुन्तुष्टि छु । ‘सुनपानी’बाट सुन्तुष्टि छु । किनकि त्यो एउटा चेतनामूलक फिल्म हो । जसमा समाजमा भएकाले छुवाछुतको विषयलाई उठान गरिएको छ ।
अब कस्तो फिल्ममा अफर आयो भने गर्नुहुन्छ ?
म एउटी नारी भएकाले नारीप्रधान र एक्शन फिल्ममा काम गर्न चाहन्छु । नयाँ वर्षसँगै नयाँ प्रोजेक्टमा व्यस्त हुनेछु ।
म्युजिक भिडियोचाहिँ गर्न छाड्नु भएको हो ?
छाडेको छैन । अहिले पनि गर्दैछु । हालैमात्र मेरो केही म्युजिक भिडियोहरु रिलिज भएका छन् ।
अहिले कति वर्ष पुग्नुभयो ?
उमेर पनि भन्नु र ? केटी मान्छेको उमेर नसोध्नु भन्ने थाहा छैन । म त सधै १६ वर्षकी छुजस्तो लाग्छ ।
तपाइँ सिंगल नै हुनुहुन्छ होइन त ?
एकदमै सिंगल छु । अहिले त अफेयर्स पनि छैन । भएको पनि ब्रेकअप भयो ।
ए हो र, ब्रेकअप किन नि ?
त्यही हो मन र विचार नमिलेपछि ब्रेकअप हुँदोरहेछ । मान्छेको बाहिर आवरणबाट भित्रि मनका कुरा बुझ्न सकिँदैन ।
प्रेम प्रस्तावहरु त आइरहेका छन् होला नि ?
आइहाल्छ नि । झन् फेसबुकको म्यासेन्जरमा त कति हो कति । विशेषगरी म्यासेन्जरमा एकपटक भेटौँ, कफी खाऔँ भन्ने खालका म्यासेजहरु आउँछ । तर, रिप्लाई दिन्नँ ।
घरजम कहिलेसम्ममा गर्ने सोच छ ?
खै त्यो त सोचेकै छैन । अझै केही वर्ष त गर्दिनँ होला । लगन जुरेपछि होला नि एकदिन ।

प्रतिक्रिया दिनुहोस्