काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव हस्ताक्षर गरेका १४९ जना सांसदलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ ।
विपक्षी पाँच दलिए गठबन्धनको शनिबार सिंहदरबारमा बसेको बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुलाई आइतबार बिहान नागरिकतासहित सिंहदरबारमा उपस्थित हुन भनिएको हो ।
बैठकपति सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाले सांसदहरुलाई नागरिकतासहित उपस्थित हुन भनेको जानकारी दिए ।
बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो।











