Logo
Logo

कोरोनाबाट १२९ जनाको मृत्यु, ८ हजार ९८० संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । गत २४ घण्टामा देशभर १२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या ६ हजार १५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ८ हजार ९ सय ८० जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार ९ सय ८० जनामा संक्रमण भेटिएको हो ।

पिसिआर विधिबाट ८ हजार ५ सय ९१ र एन्टीजेन विधिबाट ३ सय ८९ जना संक्रमित पुष्टि भएका हुन् । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ ।

आज देशभर ८ हजार ८४८ जना संक्रमित निको भएका छन् । अहिलेसम्म ३ लाख ८३ हजार ६ सय ४८ संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

हाल देशभर ८८६ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्