Logo
Logo

‘कुल्ली नम्बर–१’को रिमेक बन्दै, वरुण र साराले रोमान्स गर्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ चैत । बलिउड अभिनेता गोविन्दाको कुनै समयको सुपरहिट फिल्म ‘कुल्ली नम्बर १’को रिमेक बन्ने भएको छ । उक्त रिमेकमा अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खान मुख्य भूमिका रहने निर्माणपक्षले जानकारी दिएको छ ।
भारतीय मिडियाले जनाएअन्ुसार डेबिड धवनले निर्देशन गरेको ‘कुल्ली नम्बर १’को रिमेकलाई भने रोहित धवनले निर्माण गर्न लागेका हुन् । यस फिल्मका लागि यसअघि अभिनेत्री आलिया भट्टलाई अफर गरिएको थियो । तर, टिमको आलियास“ग कुरा नमिलेपछि सारालाई अफर गरिएको बताइएको छ ।
हाल अभिनेता वरुण फिल्म ‘कंलक’को प्रचार र ‘स्ट्रिड डान्सर ३’ को छायांकनमा व्यस्त छन् । हालैमात्र ‘कलंक’को प्रोमो सार्वजनिक गरिएको थियो ।
त्यस्तै, अभिनेत्री सारा ‘लभ आजकल–२’को छायांकनमा व्यस्त छिन् । ‘कुल्ली नम्बर १’को रिमेकको छायांकन वरुण र साराले हाल काम गरिरहेका फिल्मको छायांकन सकिएपछि सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्