Logo
Logo

ओली सरकारमा सहभागी हुनेलाई कारवाही गर्ने जसपाको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी बैठकले पार्टी हित विपरीत कार्य गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने पनि निर्णय गरेको हो ।

पार्टीको उपेन्द्र यादव(बाबुराम भट्टराई पक्षले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार उपेन्द्र यादवलाई दिने निर्णय पनि गरेको छ । त्यस्तै जसपाले ठाकुर लगायत पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । बैठकले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी समेत बैठकले दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने प्रष्ट गरिएको छ ।’

संसदीय दलको नेतामा महतो चयन भएको विषयलाई पनि बैठकले अस्वीकार गरेको छ । त्यस्तै सरकारसँग वार्ता गर्न बनेको कार्यदलमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको प्रति समेत आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्