Logo
Logo

माधव नेपाल निकट नेता राईले दर्ता गरेको पार्टीमा को-को छन् ? (सूचीसहित)


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेमा तिव्र अन्तरबिरोध चर्किरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालनिकट एक युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका छन् । युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको हो ।

राईको नेतृत्वमा एक महिनाअघि नै निर्वाचन आयोगमा ‘नेकपा एकीकृत पार्टी’ दर्ता भएपनि आयोगले पार्टी दर्ताको प्रमाण–पत्र भने दिइसकेको छैन । ७ वैशाखमा आयोगमा दर्ता भएको यो पार्टीको चुनाव चिह्न कलम राखिएको छ । आयोगले दर्ता भएको ४५ दिनमा पार्टीको नाम र चुनाव चिन्ह दिने व्यवस्था छ ।

राईको नयाँ दल नेकपा एकीकृतमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष बनेका छन्। कार्यसमिति २५ सदस्यीय छ ।

पार्टी पदाधिकारी र सदस्यहरूको पूर्ण विवरण

जीवन राईअध्यक्षसंखुवासभा 
कल्पना गुरुङउपाध्यक्षकास्की
विनोदकुमार खुलाल  महासचिवकाभ्रे
ऐनविक्रम कुँवरसचिवधनकुटा
सुशील खनाल  कोषाध्यक्षअर्घाखाँची
सुष्मा खड्का केन्द्रीय सदस्यदोलखा
पारसमणि फुँयाल   केन्द्रीय सदस्यदोलखा
सरिताकुमार पाण्डे केन्द्रीय सदस्यरौतहट
रूपबहादुर रावल केन्द्रीय सदस्यकैलाली
१०रोशन ज्ञवालीकेन्द्रीय सदस्यअर्घाखाँची
११वीरबहादुर रावल केन्द्रीय सदस्यसल्यान
१२तारिकाकुमारी वली  केन्द्रीय सदस्यसल्यान
१३सुशीला खड्काकेन्द्रीय सदस्यदोलखा
१४सविना ज्ञवाली    केन्द्रीय सदस्यबर्दिया
१५विशाल केसी केन्द्रीय सदस्यनुवाकोट
१६स्मारिका खत्री  केन्द्रीय सदस्यकाठमाडौं
१७प्रकाश कँडेल केन्द्रीय सदस्यगुल्मी
१८श्यामकुमार राई कुलुङकेन्द्रीय सदस्यसोलुखुम्बु
१९विकल केसी  केन्द्रीय सदस्यनुवाकोट
२०गोकर्ण ढुंगाना   केन्द्रीय सदस्यअछाम
२१सुरेन्द्र साहकेन्द्रीय सदस्यरौतहट
२२वेदबहादुर भण्डारी केन्द्रीय सदस्यसल्यान
२३अस्मिताकुमारी रावल केन्द्रीय सदस्यकैलाली
२४रेयाज अन्सारी केन्द्रीय सदस्यबारा
२५राजन भण्डारी  केन्द्रीय सदस्यभोजपुर

प्रतिक्रिया दिनुहोस्