Logo
Logo

दीपक मनाङेले दोस्रो पटक लिए मन्त्रीको सपथ


दृष्टि संवाददाता


पोखरा । ण्डकी प्रदेशका पुननियुक्त मन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मनाङेलाई आइतबार युवा तथा खेलकुद मन्त्रीको सपथ खुवाएकी हुन् । यसअघि वैशाख १६ गते मनाङे युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए । वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राजीनामा दिएपछि उनको मन्त्री पद पनि १० दिनमै गएको थियो ।

प्रदेश सभामा ठूलो दलको नेताको हैसियतमा दोस्रोपटक वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका गुरुङले मन्त्रिमण्डल विस्तार गर्दा पुरानै मन्त्रीहरुलाई दोहोर्याएका छन् । उनले पुरानै ५ जना मन्त्री नियुक्त गरेर बिहीबार नै अन्य मन्त्रीले सपथ लिए पनि मनाङे काठमाडौं भएकाले छुटेका थिए ।

मन्त्रीको सपथ लिनासाथ मनाङे युवा तथा खेलकुद मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्