Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : विपक्षी गठबन्धन अदालत जानेदेखि नागरिकता अध्यादेश जारीसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेपालमा कोरोना भाइरसबाट आइतबार १ सय ९३ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ३ सय ४६ पुग्यो, १८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षणबाट ७ हजार ५ सय ९८ तथा ९ सय ६१ जनाको एन्टीजेन परीक्षणबाट ३ सय १६ जना संक्रमित पुष्टि, आइतबार थप ७ हजार ६ सय ६४ जना संक्रमित संक्रमणमुक्त, संक्रमणमुक्त हुने दर ७६ दशमलव ३ प्रतिशत, अर्थ मन्त्रालयद्वारा ३५ अस्पतालमा आईसीयू भेन्टिलेटर र अक्सिजन प्लान्ट जडान गर्न २ अर्ब ९३ करोड ८० विनियोजन ।

२. प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा नेपाल सर्वोच्च अदालत जाने तयारीमा, १ सय ४९ सांसदहरू नै संयुक्त रूपमा अदालतमा जाने, असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्च अदालतमा २५ रिट पेस, दर्ता हुने नहुने भन्ने निर्णय भोलि निर्णय हुने ।

३. जनता समाजवादी पार्टीभित्र रडाको मच्चियो, उपेन्द्र–बाबुरामको केन्द्रीय कार्यकारिणी समितिको बैठकद्वारा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने नेतालाई पार्टीबाट कारवाही गर्ने निर्णय, काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी बैठकले पार्टी हित विपरीत कार्य गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने, महन्थ ठाकुर पक्षद्वारा अर्को पक्षले केन्द्रीय कार्यकारिणी समितिको नामबाट गरेका सबै निर्णयहरु अमान्य हुने निर्वाचन आयोगलाई गरायो जानकारी ।

४. राष्ट्रपति विद्या देवी भण्डारीद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी, जन्मसिद्ध नागरिकका छोराछोरीलाई वंशजको नागरिकता र बाबुको पहिचान नभएका नेपाली महिलाका सन्तान र जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता दिने व्यवस्था गरिएको कानुनमन्त्री लीलानाथ श्रेष्ठको भनाइ, संसदमा विचाराधिन रहेको विधेयक कानून बनेर आएकोमा विरोध जारी ।

५. राजनीतिक झमेला छाडेर कोभिड–१९ महामारी विरुद्धको लडाइँमा एकताबद्ध हुन प्रधानमन्त्री केपी शर्मा ओलीको दलहरुलाई आग्रह, प्रमुख विपक्षी दल नेपाली कांग्रेस प्रचण्डपथ अंगिकार गरेको कुदेको ओलीको आरोप, चुनावबाट भाग्न खोजेको तर्क, राष्ट्रपतिको स्वविवेकीय अधिकारविरुद्ध कतै उजुरी नलाग्ने प्रधानमन्त्री ओलीको दावी, कार्टुन

६. वाग्मती प्रदेश सभाको आठौँ अधिवेशन आह्वान, जेठ १६ गते आइतवारको लागि प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आइतवार आह्वान, असार १ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम घोषणा गर्न अधिवेशन आह्वाव गर्न सिफारिस गरिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलद्वारा जानकारी ।

७. जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै निर्वाचन चिन्ह प्रदान, निर्वाचन आयोगका अनुसार आइतबार नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का उम्मेदवार चन्द्रबहादुर खड्कालाई सूर्य र नेपाली कांग्रेसका उम्मेदवार दृग नारायण पाण्डेयलाई रुख चिन्ह प्रदान ।

८. राजनीतिक अन्योलताका बाबजुत नयाँ रेकर्ड कायम गर्दै नेप्से, १६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार, एचआईडिसिएललाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति, बजेट १५ गते अध्यादेशबाट आउने, वृद्धभत्ता पाँच हजार नै पु¥याउन प्रधानमन्त्री कार्यालयको दबाव, डेढ महिनामा एक खर्ब १२ अर्ब रुपैयाँ बजारबाट उठाउँदै सरकार, ६ वर्षसम्मका लागि पैसा उठाउँदै, स्वास्थ्यकर्मीलाई टेलिकमको भ्वाइस कल एक महिनासम्म निःशुल्क ।

९.कोरोना भाइरसको महामारीका कारण एसिया कप टी २० क्रिकेट प्रतियोगिता स्थगित भएको एसियन क्रिकेट काउन्सिल (एसीसी)द्वारा जानकारी, ओलम्पिक छनोटको तयारीमा रहेको नेपालको कराँते टोलीले अप्रिल ३० देखि मे ३ सम्म पोर्चुगलमा हुने कराँते प्रिमियर लिगमा सहभागिता जनाउन बन्चित, इंग्लिस प्रिमियर लिगको यो सिजन आइतबार सकिँदै ।

१०.र, भारतमा घट्दैछ संक्रमण, थपिए २ लाख ४३ हजार संक्रमित,भारतको उत्तर प्रदेशमा ३१ मेसम्म कर्फ्यू, दिल्लीको लकडाउन एक हप्ता थप,फाइजर र एस्ट्राजेनेकाको खोप भारतीय भेरियन्टको कोरोनाविरूद्ध पनि प्रभावकारी, चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्