Logo
Logo

संसद विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


दृष्टि संवाददाता


काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

आइतबार साँझ कलंकीमा नेविसंघकी महामन्त्री उर्मिला थपालियाको नेतृत्वमा मसाल जुलुस र पुत्ला दहन गरिएको हो । प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरी पुत्ला खोसेको थियो ।

असंवैधानिक रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघले पुत्ला दहन गरेको हो ।

शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले मध्यराति प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टापछि १ बजेर ४९ मिनेटमा घोषणा गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्