Logo
Logo

कैलालीका किसानलाई धानको बिउ राख्न चटारो


हिक्मत बम



सुखड । कैलालीका कृषकहरूलाई धानको (बिउ) ब्याड राख्ने चटारो सुरु भएको छ । लकडाउनकै बिच बर्खा सिजन सुरु भएकाले अहिले कृषकहरूलाई धानको (बिउ) ब्याड राख्ने चटारो सुरु भएको हो ।

कोरोनाको त्रासकाबिच उनीहरू धानको (बिउ) राख्ने काममा व्यस्त भएका छन् । कति पयले किसानले आकाशे पानी, नहरको पानी र नहर नलाग्ने ठाउँमा स्थानीयले आफ्नै बोरिङबाट पानी लगाएर धानको ब्याड राख्ने काम गरिरहेका छन् ।

जेठ महिनाको पहिलो साता भित्रमा कति पय किसानहरू धानको (बिउ) ब्याड राखी सकेका छन् भने कतिपय राख्ने तयारी गर्दे गरेको किसानहरू बताउँछन् । खडेरी पर्ने महिना भनेर चिनिने जेठमा यो वर्ष भने केही दिनदेखी वर्षाले साथ दिएको छ ।
कतिखेर पानी पर्ला र धानको ब्याड राख्न पाइएला भनेर प्रतिक्षामा बसेका कृषकहरूले वर्षा भएपछि धमाधम धानको (बिउ) ब्याड राख्न सुरु गरेका हुन् ।

नहर र बोरिङको भूमिगत पानी प्रयोग गरेर धानको (बिउ) ब्याड राख्नु पर्ने बाध्यता रहेपनि यसपालि वर्षाले साथ दिएपछि आफूहरूलाई केही राहत मिलेको गौरीगंगाा नगरपालिका ११ का किसान प्रेम चौधरीले बताउनु भयो । आफूले वर्षाको पानीले नै धानको बीउ राखेको बताए । आकाशे पानीले साथ दिएकोले धानको (बिउ) ब्याड राख्न सजिलो भएको अर्का किसान किरण थारुले बताए ।

जेठको पहिलो साता धानको बिउ राखेका किसानहरू असार महिनादेखि रोपाइमा व्यस्त हुने गर्दछन् । यता कृषि ज्ञान केन्द्र कैलालीले भने सिफारिस गरिएका धानका जातहरू मात्र लगाउन आग्रह गरेको छ ।

सरकारले विभिन्न जातहरू धानका बिउहरू सिफारिस गरेको हुँदा पालिकाको कृषि शाखा सँग परामर्श लिएर मात्र धानको बिउहरू राख्न कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र प्रसाद शर्माले बताए ।

ग्रामिण क्षेत्रका अधिकांश भागमा अहिले पनि परम्परागत शैलीमा गोरुले नै जोतेर बिउ) ब्याड राख्ने, रोपाइँ गर्छन् भने कतिपयले आधुनिक कृषि यन्त्रको पनि प्रयोग पनि गर्ने गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्रका साबिक भजनी, टीकापुर, नारायणपुर ,धनसिंपुर, जानकीनगर, जोशीपुर, बसौटी, पवेरा, हसुलियालगायत क्षेत्रमा धानको उत्पादन बढी हुने गरेको छ । कृषक आफूलाई आवश्यक पर्ने धान घरमा भण्डार गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्छन् ।

धान उत्पादनका लागि उर्वर जग्गा रहेको कैलाली जिल्लामा झन्डै ७२ हजार पाँच हेक्टर जग्गामा धान खेती हुँदै आएको छ । कैलाली जिल्लामा उत्पादन हुने धान पहाडी जिल्लामा समेत आपूर्ती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्