Logo
Logo

सर्वोच्चसँग विपक्षी गठबन्धनले के-के मागे ? (सारसंक्षेपीकरण)


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्नका लागि विपक्षी गठबन्धनका नेताहरु सर्वोच्च अदालत पुगेका छन् ।

संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा बहुमत सदस्य हुँदाहुँदै पनि प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले संसद विघटन गरेको विरुद्धमा गठबन्धनले रिट दायर गर्न लागेको हो ।

रिटमा गठबन्धनका १ सय ४६ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले नेपाल समूहका २३ र जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेका हुन् ।

रिटमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश होस्, ओली अवैधानिक प्रधानमन्त्री भनियोस्, धारा ७६ (५) को ब्याख्या होस्, तत्काल संसद पुनःस्थापनाको लागि अन्तरिम आदेश होस् र निर्वाचन गर्दा आर्थिक व्ययभार हुने भएकाले रोक्नलाई अन्तरिम आदेश होस् भन्ने मागदाबी गरिएकाे छ ।

रिटको सार्वजनिक गरिएको सारसंक्षेप अनुसार, जेठ ८ गते निर्णयलगायत सम्पूर्ण कामकारबाहीलाई असंवैधानिक र गैरकानुनी घोषित गर्न माग गरिएको छ ।

त्यस्तै, उक्त निर्णयहरुलाई उत्प्रेषणको आदेशद्वारा बदर गरी असंवैधानिक रुपमा विघटन भएको प्रतिनिधि सभालाई पुनर्स्थापना गर्न माग गरिएको छ। साथै, शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ।

यस्तो छ माग-

प्रतिक्रिया दिनुहोस्