Logo
Logo

माओवादीले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले अक्सिजन उत्पादनका लागि सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । माओवादीले सरकारी र सामुदायिक अस्पतालहरुको नजिक पर्ने गरी सातै प्रदेशमा एक एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको हो ।

जेठ ५ र ६ गते बसेको स्थायी समितिको बैठकले कोरोना नियन्त्रणका लागि पारित गरेको नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्तावमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।

यस्तै, माओवादी केन्द्रले देशका विभिन्न ठाउँमा स्थानीयस्तरमै व्यक्तिगत सुरक्षा कव (पीपीई) उत्पादन गर्ने विषयमा समेत सम्भाव्यता अध्ययन गर्ने भएको छ । पार्टीले कोभिड कोष खडा गर्ने समेत स्थायी समितिले पारित गरेको प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्