Logo
Logo

राष्ट्रहित विपरीत कार्य नगर्न ओलीलाई विप्लवको चेतावनी


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राष्ट्र हित विपरीतको कार्य नगर्न केपी ओली सरकारलाई चेतावनी दिएका छन् । राष्ट्रपतिले आइतबार जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा पार्टीको धारणा सार्वजनिक गर्दै विप्लवले ओलीलाई चेतावनी दिएका हुन् ।

विप्लवले नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुने तर्क प्रैस्तुत गर्दै सरकारले एक्लौटी गरेको आरोप समेत लगाएका छन् ।

विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘सट्टा सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिङ्गो देशले चुकाउनुपर्ने हुन्छ । अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’

संविधान जारी गर्दा नै नागरिकतासम्बन्धी कयौँ गलत एवम् त्रुटिपूर्ण प्रावधानहरू रहेकाले त्यतिबेलै आफूहरुले विरोध गरेको विप्लवले स्मरण गरेका छन् । हरेक नेपाली नागरिकले भने सहज ढङ्गले आफ्नो देशको नागरिकता पाउनु उसको जन्मसिद्ध अधिकार हो र त्यो सुविधा पाउनुपर्छ भन्ने आफ्नो धारणा रहेको विप्लवको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्