Logo
Logo
एमाले स्थायी समिति बैठक:

माधव नेपाल समूहका नेतामाथि होला कारवाही ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको स्थायी समितिको बैठक बसिरहेको छ । कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यहरुमाथि कारवाही गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

बैठकमा गत शनिबार स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारवाही गर्ने बारे छलफल भइरहेको छ । माधव नेपाल समूहका नेताले स्पष्टीकरणको जवाफ नदिने बरु जस्तो सुकै कारवाही भोग्न तयार हुने बताएका छन् ।

योसँगै अर्को स्पष्टीकरण सोध्ने वा अनुशासन उल्लंघनको आरोपमा निष्कासनको कारवाही गर्ने भन्ने बैठकले टुंगो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्