Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : संसद विघटनविरुद्ध सर्वोच्चमा रिटदेखि माधव र झलनाथ एमालेबाट निष्कासितसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १ सय ८५ जनाको मृत्यु, ७ हजार ४ सय २५ संक्रमित थपिए, सात हजार बढी संक्रमित निको भएर घर फर्किए, निषेधाज्ञा जारी गरेको २६ दिन पुगिसक्दा पनि ५० वटा जिल्लामा व्यापक रुपमा संक्रमण दर बढ्दै, कडाइ नगरे संक्रमण अझै एक महिना फैलने चेतावनी, स्वास्थ्य संकटकाल लगाउन विज्ञको सुझावमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सकरात्मक ।

२. काठमाडौं उपत्यकामा अर्को एक साता निषेधाज्ञा थप गर्ने तयारी, सरकारले निषेध गरेको समयमा कामबिना बाहिर हिंड्नेलाई हरेकपटक दुई सय रुपैयाँसम्म जरिवाना हुने, मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पनि पटकैपिच्छे सय रुपैयाँ जरिवाना लाग्ने .दुई पाङग्रे सवारी साधन भए दुई हजार रुपैयाँ र अन्य सवारी साधन भए पाँच हजार रुपैयाँ तत्कालै सुरक्षाकर्मीले जरिवाना गर्ने ।

३. प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट पेस, सोमबार विघटित प्रतिनिधिसभाका १४६ जना सांसदहरुले प्रधानमन्त्री पदका दाबेदार देउवाको पक्षमा बहुमत रहेको र उनलाई नै प्रधानमन्त्री बनाइनुपर्ने दाबीसहित सर्वोच्चमा रिट पेस, रिटमा संविधानधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीलाई समर्थन गरेका आधारमा सांसदहरूलाई कारबाही नगरियोस् भन्ने पनि माग, हालसम्म विघटनविरुद्ध २४ र प्रधानमन्त्री ओलीको पक्षमा ४ रिट दर्ता ।

४. नेकपा एमालेको स्थायी कमिटीद्वारा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ नेतालाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित, सिद्धान्तहीन लम्पसारवादी गुट चलाएको अध्यक्ष केपी शर्मा ओलीको आरोप, विपक्षी गठबन्धनमा लागेका थप १२ एमाले नेतासँग स्पष्टिकरण माग, ओली कम्युनिष्ट आन्दोलनका ‘गद्दार’ रहेको भन्दै कारवाहीले केही फरक नपर्ने खनालको प्रतिक्रिया ।

५. महान्यायाधिवक्ताको कार्यालयद्वारा संविधानमा व्यवस्था भएअनुसार नै नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको दाबी , अध्यादेश संविधानमा भए भन्दा एक इन्च पनि फरक नभएको गृहसचिव महेश्वर न्यौपानेको तर्क, नागरिकता ऐनजस्तो संवेदनशील विषय अध्यादेशमार्तफ ल्याएको र यसलाई सत्ता टिकाउने अस्त्र बनाएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना जारी ।

६. लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिदेखि प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसम्मका कागजपत्रहरु माग, मुख्यमन्त्री पोखरेलको नियुक्तिलाई असंवैधानिक बताउँदै सर्वोच्च अदालत जाने बताएको गठबन्धनले कागजात नपाएपछि लिखित रुपमा कागजात , नेपाली कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री, माओवादी सचेतक पार्वती पुन, जसपा सचेतक पुर्मति ढेंगा र राजमोका सांसद तारा जिसीले प्रदेश प्रमुखको कार्यालयमा पुगेर कागजपत्र मागको निवेदन दर्ता ।

७. सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा एमालेको स्थायी समितिको बैठकको निर्णय, एमालेले समर्थन फिर्ता लिएपछि भट्ट नेकपा माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने, माधव नेपाल समूहले साथ दिए भट्टलाई सहजै विश्वासको मत मिल्ने ।

८. सेयर बजारमा एकै दिन १३ अर्ब रुपैयाँभन्दा बढीको किनबेच, नेप्से सूचक पनि अहिलेसम्मकै उच्च बिन्दुमा, कोरोना संक्रमण कम नहुँदा बैंक सञ्चालनमा कडाइ गर्दै राष्ट्र बैंक, निशेधाज्ञाभर उपत्यकामा बैंकको ६ वटा शाखा मात्रै खुल्ने, प्रभु बैंकको चार अर्ब रुपैयाँको ऋणपत्र मंगलबारबाट बिक्रीमा, वार्षिक ब्याज दर साढे आठ प्रतिशत, माघ यता आयात बढेको बढ्यै, बैशाख एक महिनामानै झण्डै डेढ खर्बको बस्तु आयात ।

९. अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल यथावत, नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा, युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले जिते इटालियन सिरी ’ए’ फुटबलको गोल्डेन बुट अवार्ड, सिरी ’ए’ फुटबलमा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोलाई गोल्डेन बुट अवार्ड ।

१०.र, भारतमा संक्रमण घटे पनि घटेन मृत्यु दर, मृतक संख्या ३ लाख नाघ्यो, कोरोना फैलनुअघि नै चिनियाँ ल्यावका अनुसन्धानकर्ता विरामी परेको खुलासा, इटालीमा केबलकार दुर्घटना हुँदा एक बालकसहित १४ को मृत्यु, दुई गम्भीर घाइते,म्यान्मारकी नेतृ आङ सान सुची पहिलो पटक अदालतमा स्वयं उपस्थित, नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) जनताको अधिकारको पक्षमा सदा झैं अटल भएर उभिने प्रतिबद्धता ।

प्रतिक्रिया दिनुहोस्