Logo
Logo

पूर्वसभामुखहरूको निष्कर्ष- प्रतिनिधिसभा विघटन असंवैधानिक


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ । पूर्वसभामुखहरूले राष्ट्रपति र प्रधानमन्त्रीले वर्तमान राजनीतिक संकट निम्त्याएको निष्कर्ष निकालेको हो ।

मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले नयाँ बानेश्वरमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती, कृष्णबहादुर महरासँग छलफल गरेका थिए । पूर्वसभामुख सुवास नेम्वाङ भने सहभागी भएनन् ।

छलफलका क्रममा उनीहरुले सर्वोच्च अदालतको आदेशको अवमूल्यन गर्दै दोश्रो पटक प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक कदम भएको बताएका छन् । कोरोना महामारी रोक्न सरकारले अन्य दलहरूसँग समन्वय गर्नुपर्ने बेलामा चुनाव घोषणा गरेर पौंठेजोरी खोज्नु अलोकतान्त्रिक भएको टिप्पणी उनीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्